Slide 1

वीरेन्द्रनगर साकोस

१९ हजार बढि सदस्यहरुलाई सेवा प्रदान गर्दै आइरहेको

१९ हजार बढि सदस्यहरुलाई सेवा प्रदान गर्दै आइरहेको

वीरेन्द्रनगर साकोसको वेवसाइटमा यहाँलाई हार्दिक स्वागत गर्दछौँ ।

Board Member 2080
Slide 1
Slide 2

Mobile application

शेयर सदस्यलाई अनलाइनबाट समेत बित्तिय सेवा उपलब्ध गराउने उदेश्य अनुरुप सुरु भएको वीरेन्दरनगर स्मार्ट बैङ्किङ सुविधा २४/७/३६५ दिन नै उपलब्ध छ ।

शेयर सदस्यलाई अनलाइनबाट समेत बित्तिय सेवा उपलब्ध गराउने उदेश्य अनुरुप सुरु भएको वीरेन्दरनगर स्मार्ट बैङ्किङ सुविधा २४/७/३६५ दिन नै उपलब्ध छ ।

वीरेन्द्रनगर साकोसको मोबाइल एप्लिकेशन Playstore मा Birendranagar Smart Coop र एप स्टोरमा Cosys Mobile Banking डाउनलोड गरी एक्टीभेट गर्न सकिनेछ ।

Slide 2
Slide 3

संस्थाका हरेक कार्यक्रम गतिविधि शिक्षा शिविर लगायत भावी कायर्क्रमका बारेमा जानकारी लिन संस्थाको सामाजिक संन्जाल तथा वेवसाइटमबाटै अपडेट हुनुहोस् ।

संस्थाका हरेक कार्यक्रम गतिविधि शिक्षा शिविर लगायत भावी कायर्क्रमका बारेमा जानकारी लिन संस्थाको सामाजिक संन्जाल तथा वेवसाइटमबाटै अपडेट हुनुहोस् ।

membercare@bsaccos.com.np

logo
Slide 3
previous arrow
next arrow

युवा स्वराेजगार

बेराेजगार युवालाई राेजगार बनाउने उदेश्यका साथ नेपाल सरकारले जारी गरेकाे युवा नीति र संस्थाकाे ऋण नीतिमा उल्लेख भएकाे प्राथमिकता अनुसार युवा स्वराेजगार कर्जा लगानि गरिएकाे छ ।

राष्ट्रिय युवा परिषद्

राष्टिय युवा परिषद्को सहुलियतपूर्ण ब्याज अनुदान मार्फत संस्थाका बेराेजगार युवा शेयर सदस्यहरुलाई लक्षित गरी सहुलियतपूर्ण स्वराेजगार ऋण लगानी गर्ने गरिएकाे छ ।

विपन्नसँग वीरेन्द्रनगर

शेयरसदस्य मध्येबाट विपन्न सदस्यहरु छनाैट गरी उनीहरुकाे रुची क्षमता र सीप पहिचान गरी तालिम, अनुदान र ऋण समेतकाे व्यवस्था गरी स्वरोजगार बन्न उत्प्रेरणा दिने कार्यक्रम सञ्चालनमा रहेको ।

सदस्य सुत्केरी राहत कार्यक्रम

संस्थाका शेयर सदस्य सुत्केरी भएकाे खण्डमा प्रथम पटक र दाेस्राे पटक गरी  प्रत्येक पटक २०००।–(अक्षरुपी दुई हजारका दरले) हजारका दरले सुत्केरी राहत प्रदान गर्ने याेजना लागु गरिएकाे छ ।

सदस्य राहत तथा सुरक्षा कार्यक्रम

संस्थामा आवद्ध शेयर सदस्यहरुकाे भईपरी आउने दुर्घटनामा संस्थाका तर्फबाट राहत स्वरुप १,००,०००।– (अक्षरुपी एकलाख रुपैँया) र कालगतीले सदस्यको निधन भएमा २०,०००।– (अक्षरुपी बीस हजार रुपैँया) सहितको सदस्य राहत कार्यक्रम सञ्चालननमा रहेकाे छ

सहकारी शिक्षा शिविर

शेयर सदस्यहरुकाे वित्तीय साक्षरता लाई मध्यनजर गर्दै हाल संस्थाले वार्षिक रुपमा जम्मा शेयर सदस्यकाे ३० प्रतिशत सदस्यहरुलाई  अनिवार्य वित्तीय साक्षर बनाउने अभियान स्वरुप वित्तीय साक्षरतका कार्यक्रमहरु सञ्चालन गरेकाे छ । 

संस्थाको वेव साईटमा यहाँलाई हार्दिक स्वागत‍‍ गर्दछाैँ !

सर्वप्रथमतः  वीरेन्द्रनगर साकोसलाई निरन्तर सहयोग र विश्वास गरी २२ ‍औँ वर्षदेखिको निरन्तरको यात्रामा सहभागी हुनुहुने शेयर सदस्य महानुभाव, विभिन्न संघ संस्था, शुभचिन्तकहरुप्रति हार्दिक आभार व्यक्त गर्दछौँ ।  यहाँहरुको प्रत्यक्ष एवम् अप्रत्यक्ष सहयोगहरु सदैव अमूल्य रहनेछ । आगामी दिनहरुमा पनि यहाँहरुको निरन्तर  सहयोग र सद्भावको अपेक्षा  सहित यहाँहरुलाई अझै गुणस्तरीय र  एवम् नवीनतम् प्रविधिमैत्री सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्दछौ ।

बम बहादुर बि.सी. | अध्यक्ष

  • CEO

    छत्र बहादुर थापा | प्रमुख कार्यकारी अधिकृत

  • प्रमुख कार्यकारी अधिकृतका तर्फबाट प्रतिवद्धता
    २०५८ साल असार २२ गते २७ जना सदस्यहरूका भेलाबाट सहकारी ऐन २०४८ अनुसार सदस्यहरूलाई आफूले आर्जन गरेको आयबाट नियमित रूपमा बचत गर्न उत्प्रेरित गर्ने र संकलन भएको पुँजी तथा रकमबाट उत्पादनमूलक तथा आवश्यकता टार्न उचित ब्याजदरमा सरल र सुलभ तरिकाले ऋण प्रवाह गरी सदस्यहरूका आर्थिक, सामाजिक तथा सांस्कृतिक अवस्था सुधार गर्ने उद्देश्यका साथ यस संस्थाको स्थापना भएको हो । अनुभव, गतिशीलता र सहकारीका विश्वव्यापी मूल्य मान्यता एवम् सिद्धान्तहरूको व्यवहारिक अनुशरण गर्दै कार्य क्षेत्र भित्रका सबै वर्गका सदस्यहरूलाई सहभागी गराई करिब २३ हजार जना शेयर सदस्यहरूको साझा चौतारी बन्न सफल भएको छ । संस्थाले आफ्नो गन्तव्य र निर्दिष्ट बिन्दुहरूलाई भेदन गर्न संस्थाको परिकल्पना, ध्येय, लक्ष्य र उद्देश्यहरूका साथ अगाडी बढी रहेको छ र संस्थालाई अल्पकालीन लाभप्रद स्थितिमा सञ्चालन गर्नु भन्दा दीर्घकालीन संस्थागत विकास गरी राष्ट्रिय स्तरमा मात्र नभई अन्तराष्ट्रिय स्तरमै परिचित र स्व-सक्षम् संस्था बनाउन राष्ट्रिय स्तरका स्तरीकरणको प्रतिकिकरणका पद्धतिहरू मध्ये हाल प्रोवेशन ब्राण्डीङ  कार्यक्रममा सहभागी भएको छ । संस्था स्थापनाको २१ औँ वर्षहरू पार गर्ने क्रममा विभिन्न आरोह, अवरोहहरूसँग जुध्दै वीरेन्द्रनगर साकोस आजसम्म आएको छ । यस क्रममा आ–आफ्नो स्थानबाट संस्थाको विकासमा पुर्याउनु भएको योगदानप्रति संस्थाका सम्पूर्ण शेयर सदस्य, सञ्चालक, सल्लाहाकार एवम् सुभचिन्तक महानुभावहरूमा हृदयदेखि नै हार्दिक आभार प्रक्रट गर्दछु ।
    सदस्यहरूले संस्थाप्रति देखाउनु भएको अगाध स्नेह, विश्वास तथा साथ सहयोगको परिमाण स्वरूप संस्थाले आगामी दिनहरूमा सहकारी ऐन, नियमावली तथा सिद्धान्त  अनुरूप तपाई सदस्यहरूको इच्छा, आवश्यकता र चाहना पूरा गर्दै जानेछ भन्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।
    समय सापेक्ष नवीनतम् सेवा सुविधाहरूको विकास र लगानीको उच्च प्रतिफल प्रदान गरी सदस्यलाई सन्तुष्ट बनाउन व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाउने कुरामा यहाँहरूको रचनात्मक सुझाबको सदैव अपेक्षा गरेको छु । आगामी दिनमा अझै प्रभावकारी व्यवस्थापन मार्फत तपाईहरूको आवश्यकता र सन्तुष्टिमा केन्द्रीत भई कार्य गर्ने कुरामा व्यवस्थापन प्रमुखको हैसियतले सदैव प्रतिवद्ध छु ।  धन्यवाद ! जय सहकारी ! जय वीरेन्द्रनगर साकोस !

सेवा केन्द्रहरु

मोबाइल बैङ्किङ

 प्रविधिको सहज पहुँचः बचत तथा ऋण खाताको जानकारी, ब्यालेन्स ट्रान्सफर, बै‌क ट्रान्सफर, इसेवा ब्यालेन्स लाेड, इन्टरनेटको बिल भुक्तानी, लगायतका भुक्तानी सुविधा उपलब्ध रहेको वीरेन्द्रनगर साकोस मोबाइल एप्लिकेशन ।

एटिएम सेवा

साकोसले सनराइज बैंकसँगको सहकार्यमा भिजा डेबिट कार्ड सुविधा समेत सदस्यहरुलाई उपलब्ध गराउँदै आइरहेको छ । 

क्युआर भुक्तानी सेवा

सदस्यहरुलाई  डिजिटल कारोबार सुविधा उपलब्ध गराउने उदेश्यले संस्थाले फोन पेसँगको सहकार्यमा क्युआर भुक्तानी  प्रणालीको सुविधा व्यावसायिक कारोबारमा संलग्न रहनुभएका शेयर सदस्यहरुलाई उपलब्ध गराइरहेको छ । 

विप्रेषण सेवा

वीरेन्द्रनगर नगरपालिका वडा न‍. ६, गणेशचोकमा रहेको मुख्य कार्यालय  लगायत  उपत्यका एवं सुर्खेत जिल्लाकाे पुर्वी तथा पश्चिमी क्षेत्रमा रहेका सेवा केन्द्रबाट केन्द्रहरुबाट आइएमी रेमिट,  प्रभु रेमिट, वेस्टर्न युनियन  लगायतका कम्पनीहरुका माध्यमबाट विप्रेषण सेवा उपलब्ध छ ।

एसएमएस अलर्ट

संस्थामा आफ्नाे खाताबाट भए गरेकाे काराेबारकाे तुरुन्तै एसएमएस,साधारण सभाकाे जानकारी, जन्मदिनकाे शुभकामना तथा पर्व उत्सवकाे जानकारी लगायत सेवाहरु उपलब्ध हुनेछन् ।

ई टेलर सेवा

साकोसको मोबाइल एपबाट सेवा केन्द्रमा काउन्टनरमा रहेको क्युआर कोडमा स्क्यान गरी सिधै बचत रकम भुक्तानी वा बचत निक्षेप जम्मा गर्न सकिनेछ । बचत गर्न तथा खाताबाट रकम निकाल्न कागजी भौचर भर्नु अब अत्यावश्यक रहेन । 

 

संस्थाका केही उपलब्धीहरु

  • सुर्खेत जिल्लाभरी कार्य क्षेत्र भएकाे संस्था
  • १ मुख्य कार्यालय र १२ सेवा केन्द्रबाट सेवा प्रवाह
  • कर्णाली प्रदेश स्तरीय उत्कृष्ट साकोस, नेफ्स्कुन २०७५
  • उत्कृष्ट शेयर कारोबार संख्या, नेफ्स्कुन, २०७५
  • साकोस एकीकरण अभियानमा उत्कृष्ट, नेफ्स्कुन, २०८०
  • शाखा स्तरीय उत्कृष्ट कारोबार, राष्ट्रिय सहकारी बैंक, २०८०
  • सहकारी विभागबाट सघन अनुगमन गरिएको संस्था

सदस्यकाे अनुभव

  • म लगायत मेरो समुहका महिला दिदिबहिनीहरुले यस साकोसबाट यूवा स्वराेजगार ऋण अन्तरगत सहुलियतपूर्ण ऋण लिई बेराेजगार दिदिबहिनीहरुले आर्थिक उपार्जनका लागी ब्यवसायिक रुपमा आफर हाेमस्टे सञ्चालमा ल्याएकाछौँ । जसले गर्दा हाम्राे समुहका दिदिबहिनिकाे आयस्तर बढ्नुका साथै जीवनस्तरमा परिवर्तन आएकाे छ ।

    आफर हाेमस्टे
    सञ्चालिका
  • यस वीरेन्द्रनगर बचत तथा ऋण सहकारीले प्रदान गर्दै आएकाे सहुलियत पुर्ण कृषि तथा पशुपालन ऋण अन्तरगत मैले कुखुरापालन व्यवसाय थप विस्तार गरी आर्थिक रुपमा मेराे जिवनस्तर बढ्नुका साथै अझै भनो आधारभूत रुपमा जिवनयापनका लागि भारत जानु पर्ने बाध्यताबााट मुक्ति नै मिलेकाे छ र मेराे तथा घरपरिवारकाे नियमित रुपमा बचत गर्ने बानीकाे समेत विकासका साथसाथै सामाजिक प्रतिष्ठामा पनि वृद्धि भएकाे छ ।

    रमेश बाैडेल
    पशुपालन उद्यमी

Columnize item sample content